FAQs Complain Problems

स्वास्थ्य शाखा

 स्वास्थ्य शाखाका कार्य जिम्मेवारीहरू :

  • आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
  • आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रबर्द्धन,
  • अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
  • स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
  • स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन, सरसफाइ सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
  • स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क नियमन,
  • रक्त संचार सेवा तथा स्थानीय र सहरी स्वास्थ्य सेवा सञ्चालन,
  • औषधी पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,निर्धारण 
  • सरसफाइ तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापन निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
  • परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन अनुमति, अनुगमन तथा नियमन,
  • महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन,

स्वास्थ्य शाखा प्रमुख-  मोदराज भट्ट

सम्पर्क नं ः ९८४६०७५२२२

Social Security