FAQs Complain Problems

बारपाक सुलिकोट गाँउपालिकाको प्रथम चौमासिक समिक्षा सम्पन्न

 

बारपाक सुलिकोट गाउँपालिकाको चालु आर्थिक बर्ष ०७७।०७८ को प्रथम चौमासिक प्रगती समिक्षा मिति २०७७र०८र०७ कार्यक्रम सम्पन्न भएकोे छ । गाउँपालिका अध्यक्ष बिष्णु भट्टको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा उपाध्यक्ष सनमाया गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, ने.क.पा.पार्टी अध्यक्ष नर बहादुर गुरुङ्ग, ने.का पार्टी सभापती निर्मल धिताल, जनता समाजबादी पार्टीका तेज बहादुर गुरुङ्ग, पत्रकार,सम्पुर्ण वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, वडा सचिवज्यूहरु तथा कार्यालयका सम्पुर्ण शाखाका कर्मचारीहरु सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन अजय सुबेदीज्यूले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष श्री सनमाया गुरुङ्गज्यूले राख्नुभएको थियो । कार्यालयका बिभिन्न बिषयगत शाखाका शाखा प्रमुखहरु प्रशासन शाखाः इश्वरी प्रसाद पनेरु, शिक्षा शाखाः वसन्तराज भट्ट, प्राबिधिक शाखाः सुजन अंगाई, र्आिर्थक प्रशासन शाखाः कल्पना पौडेल, रोजगार सेवा केन्द्र शाखाः गीता देबकोटा, कृषि सेवा शाखाः विनोद बिश्वकर्मा, पशु सेवा शाखाः अमृत पोखरेल, योजना तथा अनुगमन शाखा र न्यायिक समितिः अजय सुबेदी, सामाजिक सुरक्षा पञ्जिकरण शाखाः राजीन गुरुङ्ग, स्वास्थ्य शाखाः मोदराज भट्ट, महिला वालवालिका शाखाः लाल माया तमाङ्ग, सुचना प्रबिधि शाखाः प्रतिमा अधिकारी, भण्डार शाखाः गंगा बहादुर घले लगायतले आ–आफ्ना शाखाको प्रथम चौमासिकको कार्ययोजना, चौमासिक प्रगती प्रतिबेदन, आगामी चौमासिक कार्ययोजना, काम गर्दाका समस्याहरु, समाधानका सुझाबहरु र भावी रणनितिहरुका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । बिभिन्न ब्यक्तिहरुबाट उठेका सबालका बारेमा गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र सम्बन्धित शाखाका प्रतिनिधिहरुले जबाफ दिनुभएको थियो । समग्र कायक्रमको प्रगती हेर्दा स्थानीय सञ्चित कोषमा चालु खर्च २१.९ प्रतिशत, पूजिगत १३.८४ प्रतिशत र समग्र औसतमा हेर्दा १८.७४ प्रतिशत रहेको आर्थिक प्रशासन अधिकृत कल्पना पौडेलज्यूले प्रतिबेदनमा प्रस्तुत गर्नुभयो ।
प्रस्तुतीकरणको अन्तमा समग्र प्रस्तुतीकरणको समिक्षा गर्दै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सम्पुर्ण शाखालाई धन्यबाद ज्ञापन गर्दै आगामी चालु चौमासिकमा अब्बल उपलब्धि हासिल गर्न उत्साहकासाथ कार्य गर्न निर्देशन दिनुका साथै प्रथम चौमासिक अबधिमा इमान्दारिता पूर्बक तोकिए बमोजिम उत्कृष्ट कार्य गर्ने बिषयगत शाखा र कर्मचारीहरुलाई मायाको चिनो सहित सम्मान गर्नुभएको थियो । यसरी सम्मानित हुनेहरुमा प्राबिधिक शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखाका कर्मचारी श्री कृष्ण भट्ट, वडा नं ४ मा कार्यरत वडा सचिव श्री देवीमाया नेपाली रहनुभएको थियो ।
कार्यक्रमको बिषयगत शाखाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सक्षिप्त प्रगती समिक्षाको प्रस्तुती पश्चात राजनैतिक प्रतिनिधिहरुले आ–आफ्ना मन्तब्य राख्ने क्रममा नेकपा बारपाक सुलिकोटका अध्यक्ष श्री नर बहादुर गुरुङ्गज्यूले गाउँपालिकाले प्रस्तुत गरेको चौमासिक कार्य सम्पादन उत्कृष्ट रहेको भन्ी प्रशंसा गर्दै सामुहिक भाबनामा काम गरेको खण्डमा अतिरन्जित खण्डबाट गरेका बिरोधहरुप्रति चिन्ता लिनु नपर्ने हुँदा सो प्रति सचेत रहन समेत गाउँपालिकालाई सुझाब दिनुभयो । यसै गरी नेपाली काग्रेस बारपाक सुलिकोट सभापती श्री निर्मल धिताज्यूले घ्याम्पेशाल ताकुकोट सडक ठेक्का सम्झौता भई पिच हुने क्रममा रहेको र उक्त पिच सम्बन्धि कार्य शुरु हुँदा आवत जावतलाई समस्या पर्ने हुँदा उल्टे भालस्वारा सडकलाई स्तरोन्नती गरी बैकल्पिक सडकको रुपमा राख्न गाउँपालिकालाई रचनात्मक सुझाब दिनुभयो । मन्तब्यकै क्रममा जनता समाजबादी पार्टी बारपाक सुलिकोट गाउँलिकाका अध्यक्ष श्री तेज बहादुर गुरुङ्गज्यूले चालु आ.व.को पहिलो चौमासिकमा गाउँपालिकाको कार्य सम्पादन सन्तोषजनक रहेको रआगामी दिनहरुमा गाउँपालिकको वडा नं. १ र २ जोड्ने सडकलाई प्राथमिकता दिई आवश्यक श्रोतको ब्यबस्था गर्न अनुरोध गर्नुभयो ।
अन्तमा समापन मन्तब्य राख्नु हुदै गाउँपालिका अध्यक्ष बिष्णु भट्टज्यूले गाउँपालिकाको काम गर्ने उचित बाताबरण सृजना गर्न आफू र गाउँ कार्यपालिका प्रतिबद्ध रहेको भन्दै आगामी दिनहरुमा अझ उत्कृष्ट कार्य सम्पादन गरी गाउँपालिकाको प्रतिष्ठालाई उचाइमा पु–याउन आहृान गर्नुभयो साथै तोकिए बमाजिमको काममा प्रतिबद्ध नहुने कर्मचारीहरुलाई कार्यालयले उचित खालको कारबाही सहित गराउने ब्यहोरा जानकारी गराउनुभयो । मन्तब्यकै क्रममा चालु आ.व का २ चौमासिक बाँकी रहेकाले उक्त चौमासिकमा तोकिए बमोजिमका कामहरु पहिलो चौमासिकको अनुभबलाई कायम गर्दै अझै परिस्कृत तरिकाले लैजान समेत सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज: