FAQs Complain Problems

गाँउपालिका अध्यक्ष गरिवि निवारण कार्यक्रम अन्तर्गत कृषिमा लगानि गर्नेँ कृषकहरुलाई ८० प्रतिशत अनुदानमा कृषि ऋण दिइने

बारपाक सुलिकोट गाँउपालिकाले कृषिमा ब्यवसाय गर्न चाहने कृषकहरुलाई ८०% अनुदानमा कृषि ऋण उपलब्ध गराउने प्रक्रिया शुरु भएको छ। जस अन्तर्गत  गाँउपालिकामा अवस्थित ग्लोबल आइ.एम.इ. बैँक सँग मिति २०७७।०८।२३ गते बारपाक सुलिकोट गाँउपालिका अध्यक्ष विष्णु प्रसाद भट्टको अध्यक्षतामा बैठक बसि द्धिपक्षिय सम्झौता सम्पन्न भएको छ।

बैठकमा गा.पा. अध्यक्ष विष्णु प्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वडा  नं. ६ का अध्यक्ष बाबुलाल गुरुङ साथै ग्लोबल आइ.एम.ई. बैकको तर्फबाट सुलिकोट शाखा प्रबन्धक प्रदिप गुरुङको उपस्थिति रहेको थियो। सम्झौता पत्रमा हस्ताक्षर गर्दै सुलिकोट शाखा प्रर्बन्धक प्रदिप गुरुङले गाँउपालिका भित्रका ब्यवसायिक ऋण लिन चाहने ईच्छुक कृषकलाई गाँउपालिकाको गाँउपालिका अध्यक्ष गरिबि निवारण कार्यविधि २०७७ को मापदण्डमा रहि ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो।

गाँउपालिका अध्यक्ष गरिवि निवारण कार्यक्रम अन्तर्गत यहाँका उत्पिडित, द्धन्द पिडित तथा पिछडिएका कृषकहरुले ब्यबसायिक कृषिमा लगानी गर्न चाहेमा  ऋण ब्याज अनुदानमा उपलब्ध गराउने हुँदा यहाँको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढ्न गई रोजगारिको अवसर बढ्ने कुराको अपेक्षा राख्दै गाँउपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले मापदण्डमा उत्कृष्ट हुने कृषकहरुलाई सत प्रतिशत ब्याज मिनाह गरिदिने,राम्रा काम गर्नेलाई ८०% ब्याज मिनाह गरिदिने,  लिएको ऋण अनुत्पादक क्षेत्रमा लगानी गरेको पाईएमा सो को निरिक्षण गरी कारबाही समेत गरिने कुराको जानकारी गराउँदै गाँउपालिका भित्र उत्पादन भएका कृषिजन्य उपजहरुलाई बिक्रि बितरणको पनि ग्यारेन्टि दिँने कुराको प्रतिबद्वता गराउँदै कार्यक्रमको समापन गर्नुभयो।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: