FAQs Complain Problems

अन्तर मा.बि. हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा यहि मिति २०७७।११।०७ गते प्रजातन्त्र दिवशको अवसरमा  अन्तर मा.बि. हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ। बारपाक सुलिकोट गाउँपालिकाको सबै मा.बि. हरुको सहभागिता रहेको उक्त कार्यक्रममा बारपाक सुलिकोट गा.पा.उपाध्यक्ष सनमाया गुरुङ,प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, शिक्षा अधिकृत बसन्तराज भट्ट, शिक्षा संयोजक भिम कुमार श्रेष्ठ साथै बारपाक सुलिकोट गाउँपालिका ६ का वडा सदस्य रेशमलाल श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो। बारपाक सुलिकोट गाउँपालिका ६ अबस्थित  सुर्यज्योति मा.बि. ताकुकोटमा भएको उक्त कार्यक्रममा श्री शैलापुत्रि मावि पाचँखुवा देउराली प्रथम , श्री दुर्गा मावि रन्चाेक दिृतिय, श्री माईकाेट मावि तृतीय भएका छन। बारपाक सुलिकोट गा.पा. प्रमुख प्रशासकिय अधिकृत, वडा सदस्य र शिक्षा अधिकृतको उपस्थितिमा कार्यक्रममा प्रथम,द्वितिय र तृतिय भएका विद्यार्थि भाईबहिनिहरुलाई मेडल र प्रमाणपत्र बितरण गरिएको थियो।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: